Friday 24 June 2011

Find the books, great site for study.

This is one of the best site for study, below is the site info in Limbulibrary.com

यो लिम्बू वेब लाइब्रेरी, नेपालका आदिवासी जनजाति किरात लिम्बूहरुको इतिहास, भाषा-साहित्य, धर्म, संस्कृति आदि सबै पक्षहरुको बारेमा प्रकाशित पुस्तक, पत्र-पत्रिका र ऐतिहासिक दस्तावेज हरुलाई कम्प्युटरमा गरिएको संग्रह हो । यो लाइबेररी लिम्बूहरुको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङु केन्द्रीय कार्यालय महालक्ष्मीस्थान ललितपुरद्वारा वि।सं।२०६१ साल बैशाख देखि संचालन प्रारम्भ गरिएको छ । यसमा हालसम्म लिम्बू जातिहरुको बारेमा प्रकाशित सबै पक्षका कृतिहरुलाई संग्रह गर्दैजाने र अब उप्रान्त प्रकाशित हुने सबै पक्षका रचना र कृतिहरु समेत समाबेश गर्दैजाने योजना छ । हालसम्म उपलब्ध कृतिहरु नेपाली, अंग्रेजी र किरात शिरिजंगा लिपिमा प्रकाशित भएको पाइएकोले यस लाइब्रेरीलाई खोल्न उक्त तीन लिपिहरुको सुविधा भएको कम्प्युटर हुन जरुरी छ । नेपालको मनोरम पूर्वी पहाड र तर्राईमा परार्पूवकाल देखि बसोबास गर्दै आएका आदिवासी जनजाति लिम्बूहरुको बारेमा अध्ययन-अनुसन्धान गर्दै आएका र चासो सबैको लागि यो लाइब्रेरीले केही हदसम्म सहयोग पुर्‍याउने छ भन्ने हाम्रो विश्वास छ । यो लिम्बू लाइब्रेरी यहाँहरुलाई हार्दिक स्वागत गर्दछ
। सेवारो

Click http://www.limbulibrary.com  for detail.

No comments:

Post a Comment